विराटनगर / भारतीय नगरिकलाई नागरिकताको सिफारिस गरिदिएको आरोपमा मुद्दा खेपेकी विराटनगर महानगरपालिका १ की वडा सचिब पुष्पा तिम्सिना १ लाख रुपैयाँ धरौटि बुझाएर छुटेकी छिन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको आदेशले वडा सचिब तिम्सिनालाई छुटा–छुट्टै चार मुद्दामा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ६८ बमोजिम २५ हजार रुपैयाँ धरौटीमा छोडन आदेश दिएका थिए । अदालतको आदशेपछि तिम्सिनाले चार मुद्दामा २५ हजार रुपैयाँको दरले १ लाख रुपैयाँ बुझाएपछि धरौटीमा छुटेकी जिल्ला अदालत मोरङले जनाएको छ ।
आफु निकटका कानुन व्यवसायीसँग रायसहितको सुझाब लिएर वडा सचिव तिम्सिना सुटुक्क अदालत उपस्थीति भएकी थिइन् । विभिन्न मितिमा पाँचजना भारतीय नागरिकलाई नागरिकताको सिफारिस गर्न अनुसुची फारममा सिफारिस गरिदिएको अभियोग उनीमाथि लागेको थियो । वडा सचिब तिम्सिनाले भारतीय नागरिक रोशनकुमार पोद्दारलाई नागरिकताको लागि ०७२ असार १० गते, राजेन्द्र पोद्दारको २०७१ पुस २० गते, जितेन्द्र पोद्दारको ०७४ वैशाख २८ गते तथा २०७३ साउन १६ गते मिथिलेस र पवन पोद्दारको अनुसुची फारममा सिफारिस गरिदिएको अभियोग लागेको थियो ।
यस अघि पनि भारतीयलाई नागरिकता सिफारिस गरिदिएको आरोप लागेको विराटनगर १ नम्बर वडा अध्यक्ष उद्धब अर्याललाई समेत १२ हजार रुपैयाँ धरौटीमा छोडन अदालतले आदेश गरेको थियो । उनले पनि धरौटी बुझाएर छुटे । एक दिनको अघि पछि वडा अध्यक्ष र सचिब अदालत उपस्थिति भएका हुन् । वडा अध्यक्ष अर्यालले २ जना भारतीय नागकिरलाई नागरिकता सिफारिस गरिएको छुटा–छुट्टै दुई वटा मुद्दा लागेको थियो ।
झुठो बिवरण पेश गरी नेपाली नागरिकता लिएको मुद्दामा अध्यक्ष अर्याल, किर्ते कागजपत्र जुटाइ दिने सदस्य साह र वडा सचिव तिम्सिनासहित १५ जनालाई मोरङ अदालतले पक्राउ गर्न १९ कार्तिकमा आदेश गरेको थियो । अदालतको आदेशपछि वडा अध्यक्ष र सचिब सुटुक्क अदालतमा उपस्थित भएर आदेश पछि धरौटीमा छुटेका छन् भने सदस्य साह फरार छन् । वडा सदस्य साह समेत आफु निकटका कानुन व्यवसायीसँग राय लिएर अदालत सुटुक्क उपस्थिति हुने तयारी गरेको स्रोतको दाबी छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा १८ कार्तिकमा वडा अध्यक्ष अर्यालसहित १६ जनालाई प्रतिवादी बनाएर झुठा बिवरणमा नेपाली नागरिकता लिए दिएको अभियोगमा मुद्दा दर्ता भएको थियो । प्रहरीले नक्कली बावु बनि भारतीयलाई नागरिकता दिलाइदिने मुख्य अभियुक्त सत्यनारण पोद्दार भने पुर्पक्षका लाथि थुनामा छन् ।
किर्ते नागरिकता प्रकरण : वडा सचिव १ लाख धरौटीमा छुटिन्
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































