इटहरी/ भष्टाचार नियन्त्रणका लागी इटहरीमा केहि वर्ष अघि स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलयले ठुलाकाम गर्ने नसकेको सामाजिक अगुवाहरु बताउँछन् ।
भ्रष्टाचार नियन्त्रणको लागि अख्तियारले काम सन्तोसजनक नभएको सामान्य नागरिकहरुसम्म बताउँछन् ।
भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने उदेश्यले स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नामै मात्रको हुन पुगेको सामाजिक अभियान्ता एवं साहित्यकार मनु मन्जिल बताउँछन् । अख्तियार आफै प्रतिष्ठामा बस्न सकेको छैन ।
अख्तियारले दिएको जिम्मेवारी पुरा गर्ने नसकेको उनी बताउँछन् । नितिगत गत भष्टाचार छानविन सुरु गर्नु पर्छ , अख्तियार आफै पनि सुध्रर्ने पर्यो उनले थपे । अख्तियार आफैले आफ्नो जिम्मेवार सम्हाल्न सकेको छैन नामको मात्र अख्तियारको के काम उनको प्रश्न थियो ।
अख्तियारको काम नाङ्लो ठटाएर हात्ती तर्साउने उखानलाई चरितार्थ गर्ने बाहेक खासै उपलब्धिपूर्ण छैन इटहरीका अगुवा तथा लिम्वुवानका नेता केदार उप्रेतीले भने । अख्तियारको काम अरुले तयार गरेको फाईल हेर्ने मात्र भयो काम भन्दा पनि हल्ला गरीरहेको उप्रेतीको आरोप छ ।
नेपाल प्रहरीले गर्ने काम मात्र अख्तियारले गरेको छ । अख्तियार दुरुपयोग गर्नेहरुसम्म पनि अख्तियार पुग्न नसकेको उनी बताउँछन् ।
अख्तियारले गतिविधि बढाउँनुको विकल्प छैन । इटहरीमा क्षेत्रीय कार्यलय छ तर ठुलो काम देखाउँन सकेनन् इटहरीका अगुवा प्राध्यापक डाक्टर बद्रीबिशाल पोखरेलले बताए । अख्तियारको गतिविधि सक्रिय भएको जस्तो देखिएन।
उनीहरुले गरेको काम जनता माझ सम्म पुर्याउँन सकेको छैनन् यस विषयमा ध्यान जानु जरुरी छ पोखरेल भन्छन् । जनताको सबैभन्दा बढी सरोकार रहने अधिकांश मालपोत कार्यालयहरुमा अहिले पनि घुस नदिई काम हुँदैन ।
नितिगत भष्टाचार रोक्नु पर्छ त्यो भष्टाचार रोक्न सकेको छैन त्यस क्षेत्रमा अख्तियारले किन देख्दैनन ? नागरिक समाज इटहरीका महासचित राजु केसीले प्रश्न गरे । सामान्य दश/बिस हजार घुस खानेलाई मात्र पक्राउ गरेर अख्तियार दुरुपयोग नरोकिने उनको ठम्याई छ ।
ठुला ठुला भष्टाचार रोक्न अख्तियार लागी पर्नु पर्ने उनको सुझाब थियो । अख्तियारले झिनामसिना कुरामा अल्झिएर तल्लो स्तरका कर्मचारी र व्यक्तिलाई दुःख मात्र दिने गरेको तर वास्तविक भ्रष्टाचारीसम्म पुग्न नसकेको बताउँछन् ।
स्थानीय तहमा नीतिगत निर्णय भन्दै जे पायो त्यही गर्ने अधिकार कसैलाई छैन् । सामान खरीद नै गर्दा पनि सार्वजनिक खरीद ऐन र नियमावलीभन्दा बाहेक गर्न अधिकार छैन,' अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं. १ इटहरीका प्रमुख महेश आचार्यले भने ।
उनका अनुसार स्थानीय तहबाट एक करोडसम्मको निर्माण कार्य उपभोक्ता समितिमार्फत गर्ने कुराले बहुत डरलाग्दो रुप लिने खतरा रहेको जनाउँछन् । अख्तियारमा मुद्धा आउँने संख्या बढे पनि धेरै जस्तो फर्जि आउँने गरेको अख्तियारले जनाएको छ ।
आर्थिक वर्ष २०७४।२०७५ मा ९ सय ५६ वटा उजुरी परेको अख्तियारले जनाएको छ ।
पुराना उजुरी सहित १२ सय ९६ उजुरी मध्ये ७ सय ३६ वटा उजुरी फर्सेट भए पनि ५ सय ६० उजुरी अहिले पनि फर्सेट नभएको अख्तियारले जनाएको छ । सबैभन्दा धेरै उजुरी सुनसरीबाट १ सय ९४ वटा परेको छ भने सोलुखुम्बुबाट १ मात्र उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीेले जनाएको छ ।