मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१५ को बिभिन्न स्थानबाट प्रहरीले अन्दाजी १ लाख ३ हजार ५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सोमवार चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको उक्त मूल्य बराबरको किराना सामान, लत्ताकपडा र गहुँको बिउ बरामद गरेको थियो ।

बरामद सामान आवश्यक कानूनी प्रकृया पश्चात आजै बिराटनगर भन्सार कार्यालय रानीमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।