सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-४ थुक्ला भन्ने स्थानमा आईतवार १ जना भारतीय नागरिकको मृत्यु भएको छ ।
गत मंसिर १६ गते भ्रमणको शिलसिलामा रामबेलर्स नेपाल ट्रेकिङ ऐण्ड एड्भेन्चर प्रा.लि. नेपालगंज बाँके मार्फत सोलुखुम्बु आएका बर्ष ३० को भारतीय नागरिक रविकान्त मिश्रको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ । भ्रमणको शिलसिलामा सगरमाथा बेश क्याम्प जाने क्रममा सोही स्थानमा रहेको याक होटलमा शनिवार वास बसेका मिश्र अचानक श्वास बढ्ने र मुखबाट फिँज आउने समस्या देखिए पछी उपचारको लागि तत्काल निकोलनिकी अस्पताल सोलुखुम्बु लैजाने क्रममा आज बिहान साढे ७ बजे बाटोमा नै मृत्यु भएको थियो ।
घटना स्थलमा इप्रका लुक्ला र बिमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरि शव पोष्टमार्टमको लागि हेलीकप्टरद्वारा शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाईएको उक्त कार्यालयले जनाएको छ ।