संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका-६ मयम भन्ने स्थानमा आइतवार अवैध गर्भधारणबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।
अवैध गर्भधारण गरी शिशुको हत्या अभियोगमा सोही ठाउँ बस्ने स्वर्गीय टंकमान राईको श्रीमती बर्ष ३७ की फुलमाया राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आइतवार रातको समयमा राईले बच्चा जन्माएर हत्या गरि डोकोमा राखेर फाल्न लागेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनासाथ तत्काल जिप्रकाबाट प्रहरी टोली खटि गई राईलाई नियन्त्रणमा लिई कानूनी प्रकृया पश्चात शिशुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।