इटहरी /इटहरीका विभिन्न ठाउँमा डाका गरी मनी ट्रान्सफर लुटपाटमा संलग्नलाई प्रहरीले काठमाडौंमा गोली प्रहार गरेको छ ।
इटहरी–५ का राजन लिम्बूलाई प्रहरीले काठमाडौंमा शुक्रबार गोली प्रहार गरेको हो । लिम्बूसँग गोली र पेस्तोल भएको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै जाइलागेपछि जवाफी फायरमा गोली प्रहार गरेको हो ।
गत १२ गते एक्टिभ मनी ट्रान्सफरका सञ्चालक सवीन दाहाललाई छुरा प्रहार गरी ३ लाख नगद लुटेका थिए। उनले यसअघि पनि इटहरीमा एउटा मनी ट्रान्सफर लुटेको प्रहरीले जनाएको छ । लिम्बूको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद् भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।
यसअघि लिम्बुमाथि १८ वटा मुद्दा लागेर १३ वर्ष जेल सजायसमेत भोगिसकेका व्यक्ति हुन् ।