धरान / धरान उपमहानगरपालिका ११ मंगलबारेमा एक स्थानीयको घरको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । मंगलबारेचोक चौकदेखि पश्चिम बिष्णुपादुका मार्गका शुक्र बहादुर तामाङको घरको शौचालयमा नवजात शिशुको शव भेटिएको प्रहरलिे जनाएको छ ।
स्थानीयलृे घट्नाबारे जानकारी गराए पछि प्रहरीले अनुसन्धन शुरु गरेको छ । शिशु कस्ले फालेको भन्ने पहिचान नभएको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
प्रहरीले अनुसन्धानका लागि स्थानीय जनक मेडिकलका संचालकलाई नियन्त्रणमा लिएको जनाएको छ । सोही घरमा मेडिकल संचालनमा रहेको छ । प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान थालेको छ ।