विराटनगर । १४ जिल्ला रहेको १ नम्बर प्रदेशमा हत्याको घटना बढेको छ । ११ महिनामा ५४ जनाको हत्या भएको तथ्याङ्ग सार्वजानिक भएको छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष ११ जनाको बढी हत्या भएको हो । सन् २०१७ मा प्रदेशमा ४३ वटा हत्या भएकोमा ०७४ पुसदेखि ०७५ मंसिर १४ गतेसम्म ५४ जनाको हत्या भएको इन्सेक प्रदेश नम्बर १ विराटनगरस्थित रहेको कार्यालयले सार्वजानिक गरेको तथ्याङ्गमा उल्लेख छ ।

इन्सेकले सार्वजानिक गरेको मानवअधिकार बर्ष पुस्तक २०१९ का लागि संकलन गरिएको घटनाको तथ्याङक अनुसार सबै भन्दा बढी पुरुषको हत्या भएको इन्सेकको अभिलेखमा देखिन्छ । जसमा २६ जना पुरुषको हत्या भएको छ । त्यस्तै २ जना महिला, २ जना बालिका, १ जना बालक र ५ जना नवजात शिशु हत्या भएको इन्सेकले सार्वजानिक गरेको तथ्याङ्गकमा देखिन्छ ।

हत्या भएको मध्धे ३ जना पुरुषको गोली प्रहारबाट हत्या भएको छ । सन २०१७ मा २६ जना पुरुष र १७ जना महिलाको हत्या भएको इन्सेकको तथ्याङ्गमा देखिन्छ । तथ्याङक अनुसार एघार महिनाको अबधिमा प्रदेश भर राज्य पक्षबाट ४९ जना सहित ७ सय ५० पीडित भएका छन् । जसमा सबैभन्दा बढी बलात्कारबाट २ सय २० जना, बलत्कारको प्रयासबाट ९९ जना पीडित भएका छन् ।

यसैगरी घरेलु हिसा एक सय ४१ जना, कुटपिट घाइते ६६ जना, बहुविवाहबाट ४२ जना, वालविवाहबाट ३ जना, मानवबेचविखनबाट १२ जना, अपहरणबाट १० जना,जातिय विभेदबाट ४ जना पीडित भएका छन् । यसैगरी गाली बेइज्यतीबाट ७ जना, हत्या प्रयासबाट ९ जना, गिरफ्तारीबाट ३७ जना, आर्थिक सामाजिक साँस्कृतिक अधिकारबाट ६ जना पीडित भएका छन् ।

इन्सेकले सार्वजजानिक गरेको मानवअधिकार बर्ष पुस्तक कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार जनताको आधारभुत अधिकार सुरक्षित गर्न लागि पर्ने बताए । उनले राज्य वा गैरराज्य पक्ष जसले मानवअधिकार उलङ्घन गरेपनि मुख्य जिम्मेवार राज्य भएको बताए ।