सिरहा / नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र मिर्चैयाले विद्युत चुहावटको लागि हुंकिङ गर्ने ९ जनालाई नियन्त्रणमा लिएको छ । मिर्चैया,कल्यानपुर, कर्जनाहा नगरपालिकामा हुकिङ गरि बिद्युत चुहावट गर्ने ९ जना व्यक्तिलाई नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र मिर्चैयाले पक्राउ गरि जरिवाना तिराएको छ । चोरीमा संलग्न १६ बर्षे युवादेखि ६० बर्षे वृद्धसम्म रहेका छन् ।
नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र मिर्चैयाबाट खटिएको बिद्युत चुहावट नियन्त्रण टोलीले आईतवार ९ जनालाई मिर्चैया,कल्यानपुर, कर्जनाहा नगरपालिकाको बिभिन्न स्थानबाट पक्राउ गरेको हो । बिद्युत चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरि बिद्युत चुहाबट गरिरहेको अवस्थामा सबैजनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाही गरिएको नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र मिर्चैयाका प्रमुख ई.दिगम्बर यादवले जानकारी दिए । का छन । पक्राउ गरिएहरुलाई बिद्युत चुहाबट ऐन अन्तर्गत कार्वाही गरि जरिवाना बापत रु. ५१ हजार ३ साय ७१ रुपैया राजस्व समेत संकलन भएको प्रमुख ई.दिगम्बर यादवले जानकारी दिए । उनीहरुबाट बिद्युत मिटर ४ थान, पंखा ३ थान र टिभी ३ थान लगायतका समान बरामद् गरिएको छ ।