ताप्लेजुङ/ सामाजिक संञ्जाल फेसबुकबाट ठगी गर्ने एक जनालाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
महालक्ष्मी उपमहानगरपालिका–१६ ईमाडोल ललितपुरका ४६ वर्षीय निरञ्जन गौतमलाई ठगी मुद्धामा पुर्पक्षका लागि कारागार चलान गरिएको हो । इन्स्पेक्टर लक्ष्मणबहादुर थापाका अनुसार गौतमले प्रिन्स गौतम नामको फेसबुक एकाउण्टबाट स्काभेटर आवश्यक परेमा उचित पैसामा भाडामा दिने भन्ने स्टाटस लेखी १३ लाख बढि ठगी गरेका थिए ।
उनले नगद १३ लाख ३५ हजार रुपयाँ ठगी गरेको प्रहरीको भनाई छ । गौतमलाई प्रहरीले गत कार्तिक १५ गते नै पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पुरा गरि अदालतमा पेश गरेकोमा बिहीबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।