विराटनगर/ विराटनगरको बरगाछीमा रहेको निहरीका कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण कार्यक्रमका साथ स्वागत गरेको हो ।

कलेजले बुधबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिनुका साथै स्वागत गरेको थियो । कलेजमा ब्याचलर संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा जानकारी गराए ।

अभिमुखिकरण कार्यक्रममा कलेजमा नयाँ शैक्षिक शत्रकालागि विविएस बीएससि. सिएआइटीको छैठौ ब्याचमा ८६ र यसपालीदेखि शुरु गरेको विसिए र विआईएमको पिहलो ब्याचमा ७० जना विद्यार्थी भर्ना भएको कलेज प्रमुख अमित ढकालले बताए ।

कलेज व्यवस्थापन समितिको अध्यक्ष रुपेश खतीवडाको सभापतिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वी एसिया माइक्रोसफ्ट कम्पनीका क्षेत्रिय निर्देशक एलेन बाइलोचन तुलाधर, त्रियूका पूर्व सह-नियन्त्रक प्रा.डा. अर्जुन बराल, क्यापस प्रमुख अमित ढकाल, सञ्चालक दिपेश बास्तोलालगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।