इटहरी/महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला विराटनगरका खेम लोहनी चार वर्षदेखि श्रीमतीबाट पीडित बनेपछि न्यायको लागि भौतारिरहेका छन् ।

आफ्नै श्रीमतीबाट घरेलु हिंसामा परेको उनको आरोप छ । श्रीमती र छोराछोरीले घरबाट निकालिदिएकाले न्यायको पर्खाइमा छन् । घर निकाला भएका उनी अहिले आफन्तको आश्रयमा बस्दै आएको उनी बताउँछन् ।

‘पैसा हुँदा श्रीमती र परिवार राम्रो हुँदा रहेछन् मसँग पैसा नहुँदा छोरा र श्रीमतीले नै घर निकाला गरिदिएँ । ’उनले भने । विराटनगरको एक निजी बोर्डिङको प्रधानाध्यापकसमेत रहेका उनी आफ्नै घरबाट अपहेलित भएर आफन्तकोमा बस्दै गरेको बताउँछन् ।

विराटनर महानगरपालिकाको न्यायिक समितिका संयोजक तथा उपमेयर इन्दिरा कार्कीले खाना लगाउँन र बस्न दिने निर्णय गरे पनि श्रीमती सुधा लोहनीले आए झुण्डिएर मर्छु भन्दै धम्याएको उनको भनाइ छ ।

उनले विराटनगरमा पुरुष हिंसाविरुद्धको मुद्धा हालेको दाबी गरे ।

हाल उक्त मुद्दा विचाराधीन छ । श्रीमती र छोराछोरीबाट घरेलु हिंसा भोग्नुपरेको भन्दै मोरङ जिल्ला अदालतमा दर्ता गरिएको छ । लोहनीले पत्नी सुधा लोहनी, छोराहरु रविराज , बिप्रव र छोरी अदैताले आफुमाथि हिंसा गरेको भन्दै मुद्धा दायर गरेको दाबी गरे ।

लोहनीले श्रीमती सुधा र छोराछोरीले मानसिक यातना दिई खान लगाउन नदिएको आरोप लगाउँदै आएका छन् । विभिन्न समयमा महिला माथी विभिन्न हिंसा भएका समाचारहरू आए पनि पुरुष हिसांको समाचार थोरै मात्र आउँने गरेको छ ।