राजविराज/ राजविराजमा एक एकल महिलाको हत्याका दुई आरोपीलाई अदालतले थुनामा राख्ने आदेश दिएको छ ।
हत्या घटनामा प्रत्यक्ष संलग्न रहेका राजविराज नगरपालिका ६ का ३२ वर्षीय शंकर राउत मेहतर र २६ वर्षीय सुरज राउत मेहतरलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।
यसैगरी, सोही ठाउँकी ३५ वर्षीया मुन्नीदेवी साह २५ हजार र ३० वर्षीया चनरदेवी मेहतर ३५ हजार धरौटीमा रिहा भएका हुन्। जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको आदेशमा उनीहरु धरौटीमा रिहा भएको अदालतले जनाएको छ।
राजविराज नगरपालिका ६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोपमा उनीहरु पक्राउ परेका हुन् । इँटा प्रहार गरी हत्या गरेको अवस्थामा देवको शव उनकै कोठामा दसैंको टीकाकै दिन फेला परेको थियो। व्यवसायिक रि