काठमाडौं / काठमाडौंमा एकबालकको अपहरणपछि हत्या भएको छ। गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउसका सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको विहीबार हतत्या भएको छ । उनी मंगलबारदेखि हराएका थिए ।

उनको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताउका छन् । एसएसपी सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको शव म्हैपी नजिकैको पुलमुनि फेला पारेको थियो ।
घटनामा संलग्न रहेको आशंकामा प्रदिप कुँवरको गाडी चालक महेन्द्र सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।बालकको अपहरणपछि उनले फिरौती वा अन्य कुनै माग राखेको नभए पनि प्रहरी स्रोतका अनुसार मालिकले निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिएपछि अपहरण गरेको एेसकेले प्रारम्भिक बयान दिएका छन् । यद्यपि, के कारण हो भन्ने विषय निक्र्यौल भइसकेको छैन ।  प्रयास गेस्ट हाउसबाटै हराएका छन् । घटनामा संलग्नलाई प्रहरीले खोजीकार्य तीब्र बनाएको छ ।