मोरङ/ आफ्नो बसमा आफै आगो लगाएको आरोपमा इलाका प्रहरी कार्यालय बेलवारीले २ जनालाई पक्राउ गरेको छ । गत मंगलवार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर-५ को मसान चौकमा राती १० बजे बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगजनी भएको थियो । अज्ञात समुहले बसमा आगजनी गरेको र मोवाइल तथा अन्य धनमाल समेत लुटि लगेको भन्ने खवर इलाका प्रहरी कार्यालय हरैचामा प्राप्त भए पछि इलाका प्रहरी कार्यालय बेलवारी र इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएकाे प्तरहरीले स्थानीयवासी र दमकलको सहयोगमा अागाे निभाएकाे थियाे । राती ११ः३० बजे नियन्त्रमा लिएकाे संघीय प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

उक्त आगजनी कसले र के कारणले गरेको भन्ने सम्बन्धमा अनुसन्धान गर्ने क्रममा बसकै चालक मन्थली नगरपालिका वडा नं. ५ बस्ने बर्ष-४८ शम्भु कार्की र सहचालक लिखु गाउँपालिका वडा नं. ५ बस्ने बर्ष-२५ को दिनेश बरुवालकै संग्लग्नता रहेको खुल्न आएपछी उनीहरुलाई नियन्त्रणमा लिईएको प्होरहरीले जनाएकाे छ । उनीहरुले आफ्नो गाडी पुरानो भई ऋण समेत चुक्ता गर्न नसकेको र बिमा लगायत अन्य क्षतिपूर्ति प्राप्त गर्ने उदेश्यले योजनावद्ध रूपमा आफैले पेट्रोल लगाई जलाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भई रहेको डिएसपी कुमार केशीले जानकारी दिए ।

bus_fire