सिकिस्त / भारतको पश्चिम बंगालमा विषाक्त रक्सी सेवनका कारण सात जनाको मृत्यु भएको छ । विषाक्त रक्सी सेवनका कारण बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । भारतीय सरकारी सञ्चारमाध्यम पीटीआईसँग कुरा गर्दै पश्चिम बंगाल राज्यमन्त्री अमित मित्राले यो समाचारको पुष्टि गरेका छन्। मित्राले दिएको जानकारीअनुसार राज्य सरकारले घटनाको छानबिनका लागि सीआईडीलाई आदेश दिएको छ। राज्य सरकारले ज्यान गुमाउनेका परिवारलाई दुई–दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
पश्चिम बंगालमा विषाक्त रक्सी सेवनले सात जनाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































