सिरहा/ प्रहरी चौकी जानकीनगर सिराहाबाट खटिएको प्रहरी गस्तीले जिल्ला सिराहा गाउँपालिका बरियारपट्टी वडा नं. ५ स्थित कजरा चौकमा चेकजाँच गर्ने क्रममा १ लाख १९ हजार ६ साय ८ रुपैया बराबरको अबैध कपडासहित ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कटनियाँबाट भन्सार छलेर चोरी पैठारी गरिरहेको अवस्थामा १ लाख १९ हजार ६ साय ८ रुपैया बराबरको बिभिन्न प्रकारका लत्ताकपडा सहित स्थानिय ४० वर्षीय गुरुदेव यादव लगायत ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलले जनाएको छ ।

पक्राउ परेका सम्मानहरु ब्लाङ्केटको खोलः१६ पीस, पपलिन कपडाः १६० मीटर, तन्ना सेटः ३६ पीस, सर्ट र पाइन्टः ५२ पीस,मोटरसाइकलः ४ थान स ४ प ४३९, स १ प ६३८९, बा ९ प ४६५ र बि.आर. ३२ जे २४८३ साथै भारतबाट नेपालतर्फ ४ वटा मोटरसाइकलमा ल्याउँदै गरेको उक्त सामान सहित चारै जनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलले जनाएको छ ।

बरामद् भएको कपडा तथा चोरी पैठारीमा संलग्न चारै जनालाई आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय माडूमा ब’झाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलले जनाएको छ ।