यासोक/ पाँचथरको कुम्मायक–५ कागेश्वरी आधारभुत विद्यालयमा समुदायको आर्कषण बढ्दै गएको छ ।

अभिभावकले चन्दा सङ्कलन गरी अंग्रेजी माध्यम संचालन गरेसँगै समुदायका अभिभावकप्रति आर्कषण बढेको हो । २०५३ सालमा स्थापना भएको विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको भन्दै अभिभावकले सक्रियता देखाएका थिए ।

उनीहरुको सक्रियता शिक्षकको मेहेनतका कारण अहिले विद्यालय नमूना बनेको हो । ब्लाष्ट दैनिकमा विद्यालयको विषयमा समाचार प्रकाशित भएपछि अन्य बिद्यालयका शिक्षक र अभिभावकहरु सल्लाह र सुझाव लिन आउँने गरेको शिक्षक नवराज सुवेदीले सुनाए ।

मोरङ जिल्लाबाट पहिलो पटक बिद्यालयमा आएका उनै नवराज अहिले जनप्रतिनिधि र अभिभावकको प्रिय भएका छन । उनी भन्छन्, ‘समुदायको भरोसा मप्रति निहित छ, बालबालिकाको मनोबिज्ञानलाई अध्यायन गरेर शैक्षिक क्रृयाकलव बिधि अपनाएको छु ।’ बिद्यालयलाई नमुना बिद्यालय बनाउँन अभिभावकले ७ लाख रुपयाँ चन्दा संकलन गरी अंग्रेजी माध्यम संचालन गरेका थिए ।

विद्यालयमा प्री नर्सरी, नर्सरी र एलकेजीमा कक्षा संचालन हुदै आएको बिद्यालयका प्रअ प्रेमचन्द्र आचार्यले बताए ।

उनका अनुसार अहिले निजि बिद्यालयमा पढ्दै आएका बालबालिकाहरु पनि सामुदायिक बिद्यालयमा आउँन थालेको उनले जनाए ।

पहिला बिद्यार्थीको संख्या ५० थियो । अहिले बढेर ७६ पुगेको छ । ‘यो अभिभावक र हाम्रा शिक्षको मेहेनत हो,’ उनले भने । माझी र भुजेल समुदायको बसोबास रहेको उक्त क्षेत्रमा बाख्रा, कुखुरा बेचेर छोराछोरीलाई पढाउँदै आएका छन् ।

कुम्मायक गाउँपालिकाले गाउँपालिकाकै उत्कृष्ट विद्यालय भएको भन्दै सोही विद्यालयलार्इ ५० हजार नगत सहित पुरस्कृत गरेको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।