पथरी /  गत असोज ३ गते बुबा आफ्ना दुईजना छोरीलाई करणी गरेको दिन अन्तिम दिन थियो । त्यो भन्दा अघिल्लो दिनहरुमा १२ बर्षिय र १४ बर्षिय छोरीहरुलाई पटक पटक पालैपालो जबरजस्ती करणी गर्दै आएका थिए । कानेपोखरी–५, भौसाबारी बस्ने ३९ बर्षिय उनले यस्तो हर्कत गर्दै आएको थियो । आफ्ना दुई छोरी नजिकैको मामाला गए पछि आफ्नो घर र्फकन नमाने पछि करणीको रहस्य खुलेको थियो । किन घर नजाने भन्दै हजुरआमाले कुटे पछि एका एक बयान दिएकी थिइन । छोरीहरुले बाबुको हरकत घरमा आफ्ना आमालाई सुनाउदा नि आमाले वास्ता नगरे पछि मामाला गएरसुनाउनु परेको थियो । यो कुरा मामालाकी हजुरआमालाई सुनाए पछि असोज २० गते इलाका प्रहरी कार्यालयमा जवरजस्ती करणीको जाहेरी दिए पछि सोही दिन माझीलाई पक्राउ गरेको थियो । अहिले माझी जवरजस्ती करणीको मुद्दामा जेल चलान भएका छन् ।
असोज २४ गते राती पथरीको जंगलमा बन्धक बनाई १३ बर्षिय बालिकालाई रातभरी सामूहिक बलत्कार गरेका थिए । पथरीशनिश्चरे–१, बजारका २३ बर्षिय मनोज राई र पथरीशनिश्चरे–९, का २२ बर्षिय राजकुमार माझीले सामूहिक बलत्कार गरेका थिए । उनिहरुलाई घटना भएको भोलिपल्ट इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेका थिए । उनीहरुलाई घटना पश्चात पीडित परिवारले इलाका प्रहरी कार्यालय पथरीमा दिएको किटानी जाहेरीको आधारमा प्रहरीले पक्राउ गरिएको थियो । आफ्नै कक्षामा पढ्ने केटी साथीले साथीको बर्थडे भएको घरमा आमाबुबालाई भने पछि केटी साथीले जंगलसम्म पुरयाउने काम गरेका थिए । राई र माझीले मादक पदार्थ खुवाएर रातपरेपछि पथरीशनिश्चरे–२, स्थित पथरीको जंगलमा लगेर बलात्कार गरेका हुन । बलात्कृत बालिका पथरीशनिश्चरे–९, मा आफ्नो घर भएको पनि पथरीशनिश्चरे –१० आफ्न्तकोमा बस्दै आएकी थिईन । प्रहरीले फकाएर लाग्ने केटी साथीलाई पनि पक्राउ गरेको छ ।
आफुलाई जंङ्गलमा लागि रातभर बलात्कार गरेको पिडित बालिकाले प्रहरीको बयानमा बताएकी छिन् । भोलिपल्ट बिहान पिडित बालिका घरमा आइपुग्दा बेहोश भएकी थिईन ।
साउन ३ गते राती ८ बजे देखी बिहान ४ बजे सम्म घरबाटै अपहरण गरेर सानो खोलाको किनारको झोक्सीमा बन्धक बनाएर कानेपोखरी–२, दलेलीकी ९ बर्षिय ऋषिदेव थरीका बालिकालाई रातभर बलात्कार गरेका थिए । कानेपोखरी गाउँपालिका – ३, का ३२ बर्षिय राजेश भनिने रेनिश लिम्बूले बलात्कार गरेको हो । बालिकालाई रातभरी बलत्कार गरी फरार रहेका लिम्बू प्रहरीको खोजीको सुचिमा रहेको छ ।
उसबेला बालिका दिउँसै २ किमि दक्षिण आफ्ना सानीआमाको घरमा काम सघाउन गएकी थिइन् । राती ८ बजे लिम्बूले बालिका शौच गर्न बाहिर आएको मौका छोपी पक्रेर मुख थुनेर घिसारर्दै अँधेरो, घाँरी तर्फ लगेका थिए । राती २ बजे सम्म खोजी गर्दा पनि नभेटिए पछि बिहान ४ बजे आफै घरआएका थिए ।
उता घटना घटिसकेको यो घटनालाई हल्ला नगरी मिल्न पीडक परिवारले पीडितलाई पटकपटक मिल्न दवाव दिदै आएका थिए । बालिकाको विहे खर्च दिने लगाएतको कुरा ल्याएर दवाव दिने गरेको पीडित परिवारले जनाएको छ । अन्य छिमेकीहरु मार्फत पनि १ लाख ५० हजार रकम दिने कुरा लगेर पीडित परिवारलाई मिल्न दवाव दिने गरेको स्थानीय रत्न काफ्लेले बताए ।