भद्रपुर /  सशस्त्र प्रहरीले अनुमानित अढाइ लाख मूल्य बराबरको सामग्री बरामद गरेको छ । झापा गण नम्बर २ बाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट मङ्गलबार विभिन्न प्रकारका सामग्री बरामद गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।
कारोबारीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउदै गरेको अवस्थामा चेकजाँचको क्रममा सामान बरामद गरिएको सशस्त्रका डिएसपी ओजिस ओलीले जानकारी दिए । बरामद गरिएको सामानमा एकलाख ४१ हजार मूल्य बराबरको किराना सामान, ५९ हजारको मोटर पार्टश र ५० हजारको कपडा रहेको डिएसपी ओलीको भनाइ छ ।
बरामद सामग्रीलाइ आवश्यक कारबाहीका लागि मेचीउ भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उनले जनाए ।