धरान / रेडियो धरान तथा औजार दैनिकका बार व्यवस्थापक बिकी श्रेष्ठमाथि आक्रमण गर्ने ३ जना युवालाई प्रहरीले पक्राउ आज गरेको छ । प्रहरीले मंगलबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अनुसन्धानको क्रममा नै भएकोले नाम भने सार्वजनिक गरेको छैन । सोमबार राती ८ बजे धरान–१३ स्थित झोलुङगे पुल मा श्रेष्ठलाई बोतल प्रहार गरेका थिए ।
प्रहरी निरीक्षक मेदनीप्रसाद साहले पक्राउको पुष्टी गरेका छन् ।
ती युवाहरुले राती श्रेष्ठलाई आक्रमण गरेर धरानको चिण्डेडाँडातिर लागेका थिए । राती त्यहाँ पनि स्थानीय युवाहरुसँग झगडा गरेको बताइएको छ । एक जना यसवा कुटपिटबाट घाईते भई विपी प्रतिष्ठानमा उपचार भईरहेको बताइएको छ ।
उनीहरु झोलुङगे पुलमा नै चिण्डे डाँडाबाट फर्किरहेका सञ्चारकर्मीहरुसँग भेट हुदा विना कारण बोतल प्रहार गरेका थिए । प्रतिकार नगर्न खोज्दा खुकुरी प्रर्दशन गरेको श्रेष्ठसँगै रहेका स+चारकर्मी शिशिर राईले बताए ।
सोमबार उद्यमशिल ऋण तथा बचत सहकारीको साधारणसभा सम्पन्न भएपछि सञ्चारकर्मी श्रेष्ठ, शिशिर राईलगायतको टिम चिण्डे डाँडामा समिक्षा कार्यक्रम भएको थियो । सोही कार्यक्रम सकेर फर्कने क्रममा श्रेष्ठमाथि आक्रमण भएको थियो । घटनाबारे मंगलबार बिहान पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कासहितको टोली इलाका प्रहरी कार्यालय पुगेर पीडितको तर्फबाट ठाडो निवेदन दिएका थिए ।