धरान /  १२ केजी लागूऔषध गाँजासहित शनिबार राती एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ३३ वर्षिय बिष्णु राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरान–२० बिष्णुपादुका स्थित भन्ज्याङबाट राती साढे १० बजे ‘सप्राइज चेकिङ’को क्रममा को ३० प ७३५५ नम्बरको रातो पल्सर मोटरसाइलमा पछाडी बसेर ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक अशोककुमार जबेगूले जानकारी दिए । मोटरसाइलक चालक भने फरार रहेको उनले बताए ।
अहिले गाँजाको सिजन भएकोले पहाडी क्षेत्रबाट आउनेलाई विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ । त्यस्तै, धरान–६ पानबारीबाट पनि आइतबार २ किलो गाँजा र २ सय ग्राम लागूऔषध चरेससहित एक यूवालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उदयपुरको ताम्ले गाउँपालिका १ का १९ वर्षिय एलन राई रहेका छन् । को २ ह २८ २४ नम्बरको टेम्पोमा सवार राईलाई दिउसो २ बजेर ४० मिनेटमा ‘सप्राइज चेकिङ’को क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विरुद्ध लागूषऔषध ऐन २०३३ मा १० केजी भन्दा माथी लागूऔषध पक्राउ गरिएका माथी २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख सम्म जरीवान गर्न सकिने व्यावस्था रहेको छ । सोही बमोजिम कारवाही गरिने छ ।