सिरहा / सिरहाको जंगलमा लुकाई छिपाई राखेको अवस्थामा डिभिजन वन कार्यालय सिरहाले लाखौं मुल्यको काठ बरामद गरेको छ । लहान नगरपालिका वाड नम्बर १५ ढोढण को वन क्षेत्रमा लुकाई छिपाई राखेको अबस्थामा साल जातका १७ थान फेन्टा काठ बरामद गरेका छ ।
डिभिजन वन कार्यालय सिरहा, लहानका सहायक वन अधिकृत अमरेन्द्रप्रसाद यादबको कमाण्डमा खटिएको गस्ती टोलीले उक्त काठ बरामद गरेका छ । तस्करहरुले लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा उक्त क्षेत्रबाट काठ बरामद गरेका डिभिजन वन अधिकृत उपेन्द्रप्रसाद पटेलले जानकारी दिए । बरामद गरिएका काठको आवश्यक अनुसन्धान शुरु गरिएको डिभिजन वन कार्यालय सिरहाले जनाएको छ ।
सहायक वन अधिकृतका अनुसार खुल्ला सिमानाको कारण अबैध रुपमा चोरी तस्करी भै रहेको बताए । वन कर्मचारीहरुलाई देखेर बोक्ने मानिस फरार भएको जमदार लखन झाले बताए ।