इटहरी / ओरियन्स ग्लोबल नेटवर्क मार्के्टिङ नामक कम्पनीको इटहरीमा अवैधानिक रुपमा कार्यालय सञ्चालन गरी ठगी धन्दा गर्दै आएका इटहरी ८ बस्ने सुमन थापालाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको छ ।
भारतको चेन्नाईमा मुख्य कार्यालय रहेको उक्त कम्पनीले नेपालमा अवैधानिक रुपमा आफ्नो नेटवर्क सञ्चालन गर्दै आएको थियो । स्वास्थ्य सम्बन्धी उत्पादन भन्दै ठगी गरेर सर्वसाधारणसँग करोडौँ रुपैँया लिने गरेको थियो । नेटवर्किङको माध्यमबाट करोडौँ रुपैँया भन्दा बढी ठगी गर्ने गरेका थिए । सुमन थापा पक्राउ परेसँगै रोशन भट्टराई, बालकुमार भुजेल, राम बहादुर मगर, तारा श्रेष्ठ, राजकुमार लिम्बु भने फरार रहेको प्रहरीले खोजीको सूचीमा राखेको छ । थापा ओरियन्स नेटवर्किङ इटहरीका प्रमुख हुन् । फरार अन्यलाई प्रहरीले खोजी भईरहेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले जनाए ।