ताप्लेजुङ / ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा  एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गत साउन १३ गते बलात्कार गरेर फरार भएको अभियोग लागेका सोहि ठाउँ बस्ने ४८ वर्षिय धनबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।