ताप्लेजुङ । गत मसिंर ३ गते देखि वेपत्ता ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनका पासाङ शेर्पाको शव फेला परेको छ ।

२८ वर्षीय शेर्पाको शव वुधबार आफ्नै घरभन्दा केही माथिको बारीमा फेला परेको प्रहरीले जनाएको छ । शेर्पा बिहानको खाना खाएर घाँस काट्नको लागि हिडेकी थिइन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली गई कानूनी प्रक्रिया पूरा गरेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

थापाका अनुसार शेर्पाको ह्रदयघातका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उनको शव घाँसको भारी विसाएकै ठाउँमा फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको बताइएको छ ।