धरान / प्रशासनकाे हेलचेक्र्याइँका कारण मुस्लिम समुदाय असुरक्षित भएकाे स्थानीय मुस्लिम समुदायले गुनासाे गरेका छन् । घटनामा संलग्नलार्इ यथासिघ्र पत्ता लगार्इ कारबाही गर्न माग गर्दै अान्दाेलनरत स्थानीयले सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका राजनीतिक दलका नेतृत्व र सुरक्षा प्रमुखहरूसँग अाफूहरू असुरक्षित रहेकाे गुनासाे गरेका हुन् ।
हत्या गरिएका व्यक्ति फिदा खानको घर दुहबीमा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दल, स्थानीय र अाफन्तबीच भएकाे वार्ताका क्रममा स्थानीय र अाफन्तले असुरक्षित महसुस भएकाे गुनासाे गरे । मृतकका अाफन्तले घटना स्थलमा गृहमन्त्री अाउनु पर्ने माग गरिरहेका छन् । वार्ताका क्रममा मृतक हुसेनका अाफन्तले हत्यारालार्इ यथासिघ्र कारबाही गर्न माग गरेका छन् ।
मृतकका अाफन्त दुहबी नगरपालिका ९ का वडाध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मेहेदी हुसेनले भने- मृतकलार्इ शहीद घाेषणा गर्नुपर्दैन, हामीलार्इ १० लाख पनि चाहिएन, हाम्राे एउटै माग हाे हामी सुरक्षित हुनुपर्छ ।' हुसेनले थपे– ‘हत्यारालार्इ यथासिघ्र पत्ताे लगार्इ कानूनी कारबाही गरिनुपर्छ ।’
वार्तामा बसेका स्थानीय राजनीतिक दल र प्रदेश सांसद्काे टाेलीले हत्यारा पत्ता लगाउन कुनै पनि कसर बाँकी नराख्न प्रहरी तथा प्रशासनलार्इ निर्देशन दिएका छन् ।
वार्तामा स्थानीयवासीसँगै सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र प्रहरी प्रमुख एसपी राजन अधिकारी उपस्थित थिए । वार्ता असफल भएपछि वार्ता टोलीको सदस्य ओम थापाले २४ घण्टा भित्र हत्यारा पत्ता लागाउनु पर्ने, गृहमन्त्री घटना स्थल आउनु पर्ने माग राखेको बताए ।
सुनसरी प्रहरीले गोली किन र कसले प्रहार गर्यो भनेर खुल्न नसकेको बताएकाे छ । प्रहरीले घटनास्थलमा प्रहरी परिचालन गरेर अनुसन्धान थालेकाे जानकारी दिएकाे छ । आर्थिक लेनदेनको विवादमा गोली प्रहार भएको स्थानीयकाे आशंका छ। दुई महिनाअघि असोज ४ गते सुनसरीको हरिनगरा–२, भुटाहामा भएकाे खुर्सिद आलमको हत्यालाई यसैको शृङ्खलाका रूपमा स्थानीयले हेरेका छन् ।
                    
        
                                        
                                                                                                
        































