धरान / गत कात्तिक ३० गते साँझ धरानबाट हतियारसहित पक्राउ परेका सुन्सरी मधुवन ९ बस्ने ३५ बर्षी श्याम देव मण्डललाई आईतबार प्रहरीले सार्वजनिक गरेको छ ।  इलाका प्रहरी कार्यालयको गस्ती टोलीले साँझ धरान ८ स्थित तिनकुने चेक पोष्टमा सवारी साधन चेक जाँच गर्ने क्रममा धरानबाट इटहरी तर्फ गईरहेको को। २८ प ७१८४ न। को स्कुटरमा सवार मण्डललाई पक्राउ गरिएको इप्रकाका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । मण्डलको साथबाट पछाडी कम्बरमा लुकाई बोकेको पेस्तोल, लोड भएको एक राउण्ड गोलीसहितको म्याग्जिन र निजको पेन्टको बाया गोजीमा खाली म्याग्जिन एक थान फेला परेको डिएसपी चिमिसनाले जानकारी दिए । पत्र पक्राउ गरिएका मण्डललाई अदालतबाट थुनामा राख्न अनुमती लिई हातहतियार खरखजना मुद्दामा अनुसन्धान भईरहेको छ । मण्डल धरानबाट इटहरी तर्फ जादै गरेका थिए । प्रहरीले संका लागि स्कुटी चेक गरेको थियो । याे पनि पढ्नुहाेस् ।

सुनसरीमा हतियारधारी बढे, पेस्तोलसहित तीन भारतीय पक्राउ