धनगढी /  कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय नजिकै एक युवकको संकास्पद हत्या भएको छ । धनगढी उपमहानगरपालिका १ खानेपानी रोडका अन्दाजी २४(२५ वर्षका विजय थापाको हत्या भएको अवस्थामा शव परेको छ । प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टी थापा मृत फेला परेको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका आशिष क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राति विजयको शव लिएर हिँडिरहेको अवस्थामा स्थानीयले देखेर आशिषलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको बताइएको छ । आशिषले विजय छतबाट लडेकाले उपचारका लागि नजिकैको अस्पताल तर्फ लैजान लागेको बताएका थिए । घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनगढस्ले जनाएको छ ।