राजविराज/ पानी तान्ने मोटरमा देखिएको गडवडी चेक गर्ने क्रममा करेण्ट लागेर सप्तरीमा एक महिलाको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–११ झलहीकी रेखादेवी यादवको शुक्रवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेण्ट लागेर गम्भीर घाइते बनेकी उनलाई तत्कालै उपचारका लागि गजेन्द्रनाराण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याए पनि उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक महिला राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवकी भाइबुहारी हुन् । मृतकको शवको शुक्रबारै पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।