दमक/नेपाली कांग्रेसका नेता डां मिनेन्द्र रिजालले बर्तमान सरकार असफल भएपनि नेपाली कांग्रेसको प्रतिपक्ष भूमिका सफल भैरहेको बताएका छन् ।

आज झापाको दमकमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले सरकार आफैले आफैलाई असफल भएको बताइरहेको बेला नेपाली कांग्रेसले सरकार असफल भै रहेको छ भनेर भनि रहन नपर्ने बताएका हुन ।

उनले सरकारका मन्त्री देखी प्रधानमन्त्री सम्मले काम गर्न नसकेको प्रतिक्रिया दिनु नै वर्तमान सरकार असफल रहेको धारणा राखे ।

नेपाल प्रेस यूनियन माई पश्चिम झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रिजालले नेपाली कांग्रेसको महासमितीको भेला मिती परिवर्तन नहुने समेत बताएका छन् ।

महासमितीको भेलाको मिती मंसीर ५ गेते देखी ९ गते सम्म काठमाडौमा हुने तोकिएको छ ।