विराटनगर / चिठा प¥यो भन्दै भाइबरको माध्यबाट नेपालमा आएर ठगी गर्ने भारतीयले साढे १६ लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  चिट्ठा प¥यो भन्दै भाईबर र इमोमार्फत ठगी गर्ने चार जना भारतीय मुलका नागरिकलाई प्रहरीले पक्राउ गरेपछि नेपालको विभिन्न ठाउँका व्यक्तिहरूबाट १६ लाख ५७ हजार रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी आएको छ ।  पक्राउ परेका भारतीय लामो समयदेखी नेपालको विभिन्न स्थानमा रहेर ठगी धन्दा चलाउन यहाँ आएको पाइएको छ । यसरी ठगीए सर्वसाधारण ठगी गर्ने भारतीयलाई मोरङ प्रहरीले पक्राउ गरेपछि विभिन्न जिल्लाका २० व्यक्तिहरूबाट साढे १६ लाख रुपैयाँ भन्दा बढी ठगि गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार लाखौ रुपैयाँ मुल्यको चिठा प¥यो भन्दै राजस्व वापत तपाईले रकम बुझाउनु प¥यो भन्दै ठगी धन्दा चलाउने गरेको बताए । ‘लामो समयदेखि नेपालमै बसेर भाईबर र इमोमार्फत चिट्ठा परेको छ भन्दै नेपाली नागरिकलाई झुक्याएर ठगी गर्ने धन्दामा संलग्न रहेको खुलेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘प्रहरीमा उजुरी आएको मध्ये एक जना बाट २ लाख रुपैयाँसम्म ठगेको पाइयो ।’

भाईबर र इमोमार्फत ठूलो रकम चिट्ठा परेको छ भन्दै चिट्ठा बापतको रकम पाउनका लागि कर बुझाउनु पर्ने भनेर उनीहरुबाट पैसा लिने गरेका थिए ।  उनीहरुले तपाईको चिठ्ठा वापतको २५ लाख रुपैयाको कर वापतको रकम आइएम मार्फत ५० हजारदेखि २ लाखसम्म बुझाएन लगाउने गरेका थिए । उक्त पैसा नेपालमै लिने मान्छे ती ठगहरुले खटाएका थिए । उनीहरु सबै कारोवार आईएइ मार्फत नै गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त पैसा नेपालबाट भारत पठाउने गरेको पाईएको छ । मोरङ प्रहरीले चिठ्ठा प¥यो भन्दै थप दुई जनालाई विराटनगरको तीनपैनी चौकबाट बिहीबार पक्राउ गरेको छ । यस अघि चार जना भारतीय र एक नेपाली गरि पाँच जनालाई विराटनगरको रानी स्थित भन्सार छेउबाट बुधबार पक्राउ गरेको थियो । पक्राउ परेका सातै जना ठगी धन्दामा लागि परेका गिरोह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भारत विहार राज्य अररियाको फारबेसगन्ज बस्ने २५ वर्षिये मनोज कुमार ठाकुर, सोही ठाउँका २३ वर्षिय चन्दन कुमार भगत, २८ वर्षिय पकज कुमार साह, मोरङ कटहरी गाउपालिका ४ बस्ने २० वर्षिय खगेन्द्र प्रसाद रौनियार, सोही ठाउँका २२ वर्षिय प्रेम कुमार साह, २५ वर्षिय रमेश कुमार साह र जहदा गाउँपालिका ७ का २० वर्षिय टुन टुन साहलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये भारतीय नागरिकले चिठा प¥यो भन्दै भाइबरबाट नेपालका विभिन्न व्यक्तिलाई फोन गरेर प्रलोभन देखाएर पैसाँ देखाउने गरेका थिए । चिठा पैसाँ परेको भन्दै पीडितले हालिएको पैसा झिकेर नेपालीले भारतीलाई दिने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ७ जनालाई प्रहरीले जिल्ला अदालत मोरङमा मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरि थप अनुसन्धान गरिरहेको छ ।