धरान / आइतबार मात्रै भारतीयसहित १० जुवाडे पक्राउ परेलगत्तै सोमबार राति पनि धरान–८ बाट १० जना जुवाडेलाई नै प्रहरीले पक्राउ गरेको छ ।

धरान–८ स्थित सिदार्थमार्ग केशव गुरागाईको घरमा तास खेलिरहेको अवस्थामा १० जना व्यक्तिसहित चारलाख रुपैया बरामद् गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले तीन बुङ तास र ४ लाख ८ हजार पाँचसय रुपैयाँ बरामद गरेको हो ।

पक्राउ पर्नेमा झापा लखनपुर–१ क भरत थापा, सुनसरी घुस्की–८ का उमेश सोनी, इटहरी–१० का राजु खड्का, धरान–११ का तुलाराम राई, धरान–१३ का रविकुमार राई, इटहरी–४ का गुणराज राई, मिलन राना साम्पाङ, धरान–१७ का संजय राई, धरान–१८ का मिलन गुरुङ र धरान–१५ का सञ्जु राईलाई पक्राउ गरेको हो । उनीहरुलाई जुवा ऐन अन्तर्गत कारबाही हुने इप्रका धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताए ।