धरान / सामपरी सैलुन एण्ड स्पाले आप्mनो पहिलो स्थापना दिवस फेसन सो गरेर मनाएको छ । स्थापना दिवसको अवसरमा सैलुनले हेयर एण्ड मेकअप फेसन सोको आयोजना गरेको हो । धरान १५ वगरकोटस्थित एक क्लवमा आयोजित सोमा स्पेसल गेष्ट मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्रकार र सैलुनका प्रोपराइटर तथा हेयर डिजाइनर सामपरीले संयुतm रुपमा केक काटेर उद्घाटन गरे । कोरियोग्राफर डिजे ललितको कोरियोग्राफीमा क्रियटिभ हेयर स्टाइल चाइल्ड हेयर, स्पोर्टस हेयर स्टाइल, मेल एण्ड फिमेल हेयर एण्ड ड्रेस सो, व्राइडल हेयर, विजनेस वुमन अन स्टेज सिक्वेन्समा धरानका मोडलहरुले र्याप वक पनि गरेका थिए । क्रियटिभ हेयरमा सैलुनले क्रियशन गरेको भिन्न प्रकारको हेयर डिजाइनमा मोडलहरु र्यापमा उत्रिएका थिए । उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन दिलाउनका लागि हाम्रो डान्स सेन्टरको नृत्य प्रस्तुति, धरान फिटनेस क्लव, झुनाज फिटनेस र एनिटाइम फिटनेसले जुम्वा फिटनेस नृत्य प्रस्तुत गरेका छन । तस्विरः विकास चाम्लिङ राई,