तपाइकाे गाेजी वा पर्समा पैसा टिक्दैन ?टिक्दैन भने तपाइका लागि ज्याेतीस शास्त्रले एउटा उपाय दिएकाे छ । याे उपाय अपनाउनु भयाे भने तपाइ सँग भएकाे रूपैया बचत हुन सक्छ । याे उपाय कुनै अाैषधिय गुण भने हैन । यसमा ब्यक्तीकाे कार्यमा अर्थ राख्छ । पैसा जाेगाउन ज्याेतीष शास्त्रले जुन उपाय दिन्छ त्याे साधना पनि हाे । त्यसैले त्याे साधनाकाे रूपमा ग्रहण हुन सक्याे भने यसकाे फल प्राप्त हुन सक्छ ।
यस्तो उपाय कुनै दिन पारेर कुनै एक नोटमा रातो रंगको धागो बाँध्नुहोस् । त्यो नोटलाई घरको मन्दिर(पुजा गर्ने स्थान) मा राधाकृष्णको मुर्ति नजिक या मुर्तिको पछाडि राख्नुहोस् । पैसा राख्ने क्रममा राधाकृष्णसँग यो मनोकामनाको कामना गर्नुस् आफ्नो आर्थिक अवस्थामा सुधार आओस् र धन प्राप्त होस् । ज्योतिष शास्त्र त्यही राशिको नोटलाई पुरै ४१ दिनसम्म दोहोर्‍याउनुहोस् । अर्थात तपाइँले शुरुमा ५० को नोट राख्नु भएको छ भने अरु दिनमा पनि त्यतिनै रकममा धागो बाध्नुहोस् । ध्यान दिनुहोस् कि ४१ दिनमा एक दिन पनि यस्तो काम गर्न तपाइँ छुट्नु वा झुकिनु हुँनेछैन । यो एक प्रकारको साधना हो । पूरै ४१ दिन नोट राख्ने र त्यही मनोकामना माग्नु आवस्यक पर्छ । तपाइँ एक दिन मात्र छुट्नु भयो भने यो साधना पूर्ण हुनेछैन ।