
भद्रपुर । नेपालको होचो भूमीमा रहेको कचनकवल गाउँपालिकाको दोस्रो गाउँसभामा उत्पन्न विवाद समाधानका लागि दुवैपक्षबीच वार्ता शुरु भएको छ । गाउँपालिकाले शनिबार आयोजना गरेको गाउँसभामा गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बहुमतको आधारमा एकलौटी ढङ्गबाट दोस्रो गाउँसभा गर्न खोजेपछि असन्तुष्ट पक्षको अवरोधबाट उत्पन्न विवाद निश्कर्षमा पुर्याउन बार्ता सुरु भएको हो । गाउँपालिका अध्यक्ष अन्जार आलमले उद्घाटन भएको घोषणा गर्ने वित्तीकै असन्तुष्ट पक्षले माइक्रोफोन खोसेर टेवुल फुटाउँदा परिषद सदस्य समेत रहेकी लक्ष्मी देवी लिम्बू घाइते भएकी थिइन्् । विपक्षमा रहेका नेपाली काङ्ग्रेस, नेकपाले कार्यक्रम स्थलमा जवरजस्ती गर्न पाइदैन, गाउँसभा बन्द गर,जनताको मागलाइ पूरा गर लगायतका नाराबाजी गरिरहेपनि अध्यक्षले घोषणा गरेपछि परिषद सदस्यबीच घम्साघम्सीहँुदा लिम्बूलाइ कन्चटमा चोट लागेको थियो । विवादले उग्ररुप लिएपछि सभा उद्घाटन भएपनि स्थगित भएको थियो । घटनापछि आइतबार विहान ८ बजेसम्मलाइ सभा स्तगन भएको अध्यक्षले घोषणा गरेका थिए । सभाबाट उनिहरुलाइ कडा सुरक्षाकाबीच प्रहरीले गन्तव्यसम्म पुर्याएको थियो । घटनालाइ लिएर कचनकवल–६ स्थित सामुदायिक भवनमा विपक्षीले आइतबार विहान ताला लगाएपछि बन्द सत्रको लागि आएका समर्थकहरु गाउँपालिका कार्यालयमा नै बन्द सत्र गर्ने भन्दै योजना बनाएका थिए । बजारमा भेला भएका प्रदर्शनकारीले सडकमा टायर बाल्दै विरोध र्याली निकालेका थिए । र्यालीसहित गएका प्रर्दशनकारीले गाउँसभास्थलमा सूचना टाँस गर्दै तालाबन्दी गरेका थिए । विपक्षीले गाउँपालिकामा ताला लगाउन खोजेपनि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई बाटैमा रोकेपछि घटनास्थल तनावग्रस्त बनेको थियो । अध्यक्ष आलमले वार्ताबाट समाधान खोज्न अपरान्ह् ३ बजे समय तोकेपछि भिड शान्त बनेको थियो । वार्ताका लागि असन्तुष्ट पक्षबाट भूमी राजवंशी,कालेन्द्र राजवंशी,तुलाराम अधिकारी,शेर बहादुर खत्री र बुद्धि नेपाल रहेका छन भने गाउँपालिकाबाट अध्यक्ष आलम ,उपाध्यक्ष निमसरी राजवंशी,र तीनजना वडाध्यक्षहरुमा वडा नम्बर–७ का भरत राजवंशी, ६ का कुल बहादुर कार्की र १ का लक्ष्मीनारायण यादव रहेको १ नम्बर वडा सदस्य उमाशङ्कर गणेशले जानकारी दिए । वार्तामा विपक्षले शनिबार उद्घाटन गरिएको गाउँसभा पुन पत्रकाटेर गरिनु पर्ने, साविकमा रहेको गाउँपालिकालाई सार्न लागिएको स्थान उपयुक्त नभएकोले पुन सूचना जारी गरिनु पर्ने, अध्यक्षको मनोमानीलाइ तत्काल सच्याउनु पर्ने, मर्मत सम्भारमा गरिएको काम पारदर्शी तवरले सार्वजानिक हुनु पर्ने लगायतको पन्ध्र बुद्धा समेटिएको विषयवस्तु वार्तामा लगिएको सदस्य गणेशको भनाइ छ । दोस्रो दिन पनि गाउँसभा हुन सकेन शनिबारको विवादलाइ लिएर गरिएको अवरोधका कारण दोस्रो दिनपनि सभा हुनसकेन । शनिबार गाउँपालिकाले सभाको प्रमुख आतिथ्यका लागि तात्कालिन एमाले ,राप्रपा र माओवादीको गठबन्धनबाट क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य एमालेका वसन्त वानियाँलाइ निमन्त्रणा गरेका थिए । उनि समयमा नै आएपनि पर्दशनकारीले नजान आग्रह गरेपछि वानीयाँ कार्यक्रम स्थलमा पुगेनन । शनिबार विहान १० बजे हुने भनिएको कार्यक्रममा वाँनियालाइ आउन नदिएपछि विरोधका बावजुद दिउँसो २ वजे गाउँपालिका अध्यक्ष आलमले उद्घाटन भएको घोषणा गरेपछि सभा स्थल उग्ररुप भएको थियो । अप्रिय घटना हुननदिन सशस्त्र र नेपाल प्रहरीको वाक्लो उपस्थिती रहेको थियो । सुरक्षाकर्मीले पर्दशनकारीलाइ घेरा हालेर नियन्त्रणमा लिएका थिए । सभा उद्घाटनपछि विरोधमा उत्रिएकालाइ सम्बोधन गर्नु पर्ने नत्र घेरेर राख्ने विरोधीहरुले जनाएपछि अध्यक्षले स्थगन भएको जानकारी दिए पनि जवाफ चित्तबुझ्दो नभएको भन्दै जनताले घेराहालेपछि कडा सुरक्षाकाबीच अध्यक्ष आलम,उपाध्यक्ष निमसरी राजवंशी लगायत राप्रपाबाट निर्वाचित जनप्रतिनिधिलाइ प्रहरीले सुरक्षा घेरा हालेर लगेको थियो । गाउँपालिकामा ३८ जनामध्ये २४ जना पक्षमा रहेकोले वहुमत देखिएको छ । गाउँपालिका सार्न लागेको भन्दै विरोध वनियानी बजारबाट गाउँपालिका सार्न लागेको भन्दै उनिहरुले रोक्न विरोध गरेको जनाएका छन् । असन्तुष्ट पक्षले सभा स्थगन गर्नुपर्ने भन्दै वनियानी चोकमा टायर वालेर कार्यक्रममा अवरोध जनाएका थिए । बजारमा रहेको गाउँपालिकालाइ अध्यक्ष लगायतले साविकको वालुवाडी गाविस हाल कचनकवल–७ मा शुसिल अग्रवालले दिएको १५ कठा जग्गामा गाउँपालिका लैजान लागेकोमा विरोध जनाएको वडा नम्बर १ का सदस्य उमाशङ्कर गणेशले बताए । एकलौटी रुपमा जुनसुकै निर्णय अध्यक्षले गर्ने गरेकोले अन्य सदस्यको कुनै काम नभएको उनले जनाए । गाउँपालिकाले ठुला योजनामा सम्बन्धित वडा अध्यक्षलाइ समेत जानकारी नगराइ उपभोक्ता समिति नै गठन नगरी काम गरेको ४ नम्बर वडा सदस्य आयुव मियाले आरोप लगाए । विभेदपूर्ण तवरले बजेट विनियोजन गराएको र गत वर्षको खर्च भएको केही जानकारी नपाएको उनिहरुको भनाइ छ । सवै प्रक्रिया पूरा गरेर जग्गा निशुल्क पाएको उपाध्यक्ष निमसरी राजवंशीले जनाइन् । तोकिएको क्षेत्रभित्र दिने दाताले जति दिएपनि गाउँपालिकाले लिने र उचित स्थानमा कार्यालय स्थापना गर्ने उनको भनाइ छ ।