काठमाडौं /  विगत लामो समयदेखि काठमाडौमा नियमित आयोजना हुँदै आएको सौदर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस राजधानी’ अब देशको सबै प्रदेशमा पनि आयोजना हुने भएको छ । आयोजक संस्था एक्पोज नेपालले मंगलबार एक बिज्ञप्ती जारी गर्दै ‘मिष्टर एण्ड मिस राजधानी’ अबदेखि प्रदेशमा समेत आयोजना हुने जानकारी गराएको हो । प्रदेशमा पुर्याइएसँगै प्रदेश नम्बर २ मा प्रतियोगीता आयोजना समेत गरिएको छ । हालै वीरगञ्जमा आयोजित प्रदेश २ स्तरीय प्रतियोगितामा वीरगञ्जकी स्वेता जोशी मिस तथा बारा जीतपुरका सागर साहले मिस्टर राजधानी तर्फको उपाधि बिजेता बने । नेसेन्ट इभेटन्श एण्ड म्यानेजमेन्ट आयोजक र वीरगञ्जको नगरसभा गृहमा सम्पन्न प्रतियोगीतामा उपाधि विजेता दुबैले १० हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे । यसैगरी फष्ट रनरअपको उपाधि स्नेहा गुप्ता र सुलभ चौधरीले हात पारे । करण बिश्वकर्मा र सालिनी रौनीयार सेकेन्ड रनरअप घोषित भए । बेस्ट फोटो जेनिकमा महिला तर्फ सालिनी रौनीयार, पुरुषतर्फ राज ठाकुर भएका छन् भने बेस्ट फिजिकल टाइटलमा महिलातर्फ स्वेता जोशी, पुरुष तर्फ रकी झाले प्राप्त गरे । युवायुवतीको ब्यक्तित्व निखार्दे तिनिहरुको क्षमता अभिबृती गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सन्दीपकुमार पण्डितले बताए । आयोजक संस्थाका सिइयो रौनक गुप्ताले मिष्टर एण्ड मिस राजधानी प्रदेश नम्बर २ का लागि आफुलाई आयोजना गर्न दिएकोमा एक्सपोज नेपाल प्रति आभार ब्यक्त गरे । देशभर छरिएर रहेका युवायुवती जो आफ्नो प्रतिभा प्रदर्शन गरेर अगाडि बढ्न चाहन्छन् । तिनलाई अवसर प्रधान गर्ने उदेश्यले प्रतियोगीता प्रदेश स्तरमा पुर्याइएको एक्सपोज नेपालकी सिइयो अर्चना थापाले बताइन् । प्रतियोगीतामा मिस नेपाल सहभागी सिर्जना रेग्मी, उरिसा जोशी, मदन दवादी, जैग सिंह र भेषराज खत्रि निर्णायक रहेका थिए ।