अहिले केहि दिन देखि यता आएर नेपालका विद्युतिय समाचार, पत्रपत्रिका र सामाजिक संजालमा कतै नागरिक सरोकारका नाममा नेपाली कांगे्रश समेतले जताततै खुब मचि मचि कराइ रहेका छन । देशमा अतंकै खडा गर्दैछन । सरकारले धेरै कर लगायो । जनताको ढाड सेकियो । जनताले तिर्नेइ नसक्ने गरि सरकाले कर बृद्धि गर्यो । उनिहरु यस्तरि कराउँदै छन । मानौ पहाड खस्नै लाग्यो । पृथ्वी उल्टनै लाग्यो । अस्ति भरखर साउँनको १५ गते नेपाली कांगे्रशले सरकारको कर धेरै लगायो भनेर देशका ७६ ओटै जिल्ला सदरमुकाममा विरोध सभा ग¥यो । त्यहाँ बोल्नेहरु केहि नगरपालीका जहाँ कांगे्रशले जितेको छ । ति नगरपालीकाका मेयरहरु नै भाषण गर्दै उनिहरुले भनेका थिए । यो सरकारले यति धेरै कर बढायो । यसले जनताको ढाड भाचेको छ । अहिले हातमुख जोर्न धौ धौ पर्ने जनताले यत्रोकर कसरि तिर्न सक्छन । यो सरकार आफुलाई जनताको सरकार भन्छ । तर यो जनतामारा सरकार हो भनेर खुब चिच्चाएर भाषण गर्दै थिए । त्यो भाषण सुनेर तल बसेका जनता पनि हो न हो तालि पिटदै थिए । विचरा ति तालि पिटने जनतालाई के थाहाँ । नगरपालीकाको क्षेत्र भित्र नगरपालीकाले कर लगाएको ठाउँमा संघिय सरकारले त्यहि ठाउँमा कर लगाउदैन ।

१ नं प्रदेश सरकारले नै लगाउँछ त्यो मात्रै यहि नगरपालीकाले लगाउँने हो । अर्को त्यहाँ जुन जुन नगरपालीकाका मेयरहरुले औलो ठडाएर लि¨ेपिङ मचिए जसरि मचिए चर्को चर्को स्वरमा कर बडायो भन्दै थिए । नेपालका सबै नगरपालिका मध्येका सबै भनदा बेसि कर लगाउँने तिनिहरु नै थिए । जनतालाई के थाहा जसले कर बडायो भनेर चर्को स्वरमा जो कराउँदै छ । तिनिहरुनै जनताको ढाड सेक्ने गरि कर लगाउँनेहरु हुन । अर्को जुन जुन क्षेत्रमा नगरपालिकाले कर लगाउँछ । न त प्रदेशले नै लगाउँछ । न संघिय सरकारले लगाउँछ । देशको अहिलेको संविधान र नियम कानुनले स्थानिय सरकारको कानुन नियम आफैले बनाउँछ । त्यो सम्पुर्ण अधिकार गाउँपालिका र नगरपालिकालाई दिएको छ । त्यसमा न सघिय सरकाले हस्तक्षेप गर्न पाउँछ । न प्रदेश सरकारले नै । तर कांग्रेश ति मेयरहरुले यो कुरा नै नबुझेर मचिएका हुन त ? कि बुझि बुझि आफैले गरेका बदमासी अरुलाई थुपारेर राजनिति बैमान भएका हुन । यस्तो आफुले गरेको बदमासी अरुको टाउँकोमा हालि दिने नकचरो तरिका हो ।

सामान्य जनताका सरोकारका विषयमा कर लगाउँने अधिकार नगरपालीका र गाउँपालीकाहरुलाई छ । कर निर्धारण पनि उनिहरुले नै गर्छन त्यो उठाउँने काम पनि उनिहरुले गर्छन । त्यो अधिकार उनिहरुलाई छ । नगरपालिका र गाउँपालिकाले यदि केहि कर अत्याधिक बृद्धि भएको छ भने संघिय सरकारले त्यत्रो नलिन सुझाब दिन सक्छ । रोक्न सक्दैन । अहिले पनि र हिजो पनि संघिय सरकारले भनेका कुरा यदि काहि त्यस्तो जनताले थाम्नै नसक्ने गरि कर लगाएको भए पुनर विचार गर्नु होस । केहि दोहोरो परेको भए भन्नु होस त्यसलाई सच्चाइन्छ । यति भन्दा यहाँ दोहोरो परेको छ नभन्ने अनि वाहिर वाहिर मचिने यो तरिका भनेको पुर्णतया गैर जीम्मेबार तरिका हो ।

अब अलिकति सरकारले किन कर लगाउँछ ? यसका बारेमा छोटो चर्चा गरौ । पहिलो कुरा राज्यले सबै नागरिकलाई उसको आम्दानी अनुसारको कर लगाउँछ । चाहे त्यो व्यापारी फारम होस । चाहे त्यो अरु नै व्यवसाय होस उद्योग धन्दा , कर कारखाना नागरिकले जागिर गर्छ । त्यो सबैको सरकारले कर लगाउँछ र लगाउँनु पनि पर्छ । तर कुन कर स्थानिय सरकारले कुन कर प्रदेश सरकारले र के मा संघिय सरकारले कर लगाउँने त्यसको क्षेत्र निर्धारण गरेको छ । अब जनताले सरकारलाई कर किन तिर्ने ? अहिले सम्म जनताले सरकारलाई कर किन र के का लागि भन्ने नै धेरैलाई थाहा छैन । त्यसैले पनि जनताले करको विरोध गर्ने गरेका छन । जव जनताले मैले तिरेको करले मेरो घर अगाडिको बाटो बन्छ । मेरो घरमा विजुलि बल्छ । म विरामि हुदा सस्तो र राम्रो उपचार पाउँछु । मैले तिरेको करले मेरा नानीहरु विद्यालयमा निशुल्क पढन पाउँछन भन्ने जनताले बुझे पछि कुनै नेपाली जनताले करको विरोध गर्दैनन । अहिले नेपाली जनतालाई विकास चाहिएको छ । त्यो यदि जनताले कर तिर्दैनन भने सरकारले विकास कहाँ बाट कसरि गर्छ । जनताले के चाहि थाहाँ हुनु पर्यो भने मैले तिरेको कर बाट यो देशको विकास हुदै छ । मैले तिरेको करले नै यो बाटो बनेको हो , यो विद्यालय बनेको हो , यो अस्पताल बनेको हो , यो खाने पानी आयो भनेर जनताले प्रष्ट बुझने गरि सरकारले भनेर काम गर्नु प¥यो । यो बुझे पछि एकजना दैनिक ज्यालामा काम गर्ने मजदुरले पनि राज्यलाई कर तिर्न तयार हुन्छन र उसले पनि कर तिर्नु पर्छ ।

अब अलिकति अहिले जथाभावी कर बढयो भनेर आतंक मचाई रहेको विषय बारे चर्चा गरौ । ति विषय हुन । हाँसमा कर लाग्यो । कुखुरामा कर लाग्यो । परेवामा कर लाग्यो । माछामा कर लाग्यो । गाइमा कर लाग्यो । भैसिमा कर लाग्यो । सुगुरमा कर लाग्यो । यसरी यसलाई ठुलै पहाड खडा गरिएको छ । हिजो पनि ति सबै कुरामा कर लगाएकै थिए । अहिले लाखौलाख कुखुराका फारम छन । ति व्यापारी प्रयोजनका लागि छन । त्यसबाट एउटा व्यवसायीले करोडौ कमाउँछ । अनि त्यसलाई कर लगाउँनु पर्दैन र ? अर्को घरमा १० ओटा कुखुरा पालेको छ । तपाईले १० ओटै कुखुरा घरमा काटेर खानु भयो ।  तपाईलाई को कर लिन आउँछ , आउँदैन दुई ओटा खसि छन । ति पनि घरमा काटेर खानु भयो । यस्तोमा कसले कर तिरेको छ । अहिले पनि तपाई कराउँनेहरुले प्रमाण दिन सक्नु हुन्छ । तर तपाई १० ओटा कुखुरा ५ जोडी परेवा , दुई ओटा खसी बजारमा लगेर बिक्री गर्दा ता आज भन्दा ४० बर्ष अगाडि पनि कर तिरेका थियो । जनता तपाईले यी चिज बेचेर तपाईले आम्दानी गरेपछि सरकालाई कर नबुझाए हुन्छ ? करता तपाईको विकास हो । अहिले मात्र होइन । साइकल पसललाई कर लगाएको अहिले मात्रै होइन । साइकल मरमत गर्ने ठाउँमा कर लगाएको । अहिले जनतामा भ्रम छर्न साइकलमा कर लगायो भनेको छ । अहिले कसले मैले साइकल कुदाए वापत यो रसिद कर तिरेको हो भनेर देखाउँन सक्छन ?अहिले जसले जसले करले जनताको ढाड सेक्यो भन्दै छन । ति मध्येका कति जना आफु समाजको प्रवुद्ध वर्ग ठान्ने छन् । उनिहरुले अरुकै लै लै मा संघिय सरकारले कर बढयो भनेर कराएको सुनिन्छ । वाहाँ महाँसयहरुलाई मेरो एउटा प्रश्न छ । अहिले निर्धारण गरिएको करमा काहाँ कस्तो समश्या छ । अनि सरकारले नलगाउँने हो भने साच्चि नै जनता संमृद्ध बन्छन ? के यो देशले विकास गर्छ ?अहिले विरोध गर्नेको पंक्तिमा तपाईहरु आफुहरु चाहि किन उभिन्न पुग्नु हुन्छ ? अहिले धेरै चर्चामा आएका हाँस । कुखुरा , परेवा , भैसी , सुगुर , गाई इनको कर बजारमा लगेर बिक्री गर्दा मात्र ति छन त्यो ५० औ बर्ष अगाडि देखि तिरेको त्यो बेला १० पैसा दिनेले यति बेला प्रतिशतमा तिर्लान फरक यति हो । यी वस्तुको नियमित कर तिर्ने पनि होइन ।

अब अहिले कर धेरै भयो भनेर कराउँनेहरु तिनीहरुनै छन । जसले ठुलो आर्थिक कारोबार गरेका छन । हिजो देखि गर्दै आएका छन ।उनिहरुले पहिले देखिनै कर्मचारि सँग मिलेर कर छली गर्दै आएका छन । जसरी ल्ऋी न्यायाधीसलाई नै प्रभावमा पारेर अरवौ रुपिया छलेर गयो । त्यस्ता ठुलो आर्थिक कारोवार गरेर राज्यलाई कर नतिरी कर छल्ने अपराध गर्नेहरु जसले अरवौको नाफा गरेका छन । तर कर भने लाखको मात्रै तिर्छन । राज्य सँगको सुविधा चाहि अरबौको लिन्छन । तपाई हामि सबैलाई थाहाँ छ । सरकारले पहिले जनताबाट भ्याट व्यपारी मार्फत लिन्थ्यो । पछि सरकारको अर्थमन्त्रिलाई नै प्रभावमा पारेर त्यो भ्याट वापत लिएको रकम एकमुस्ट व्यापारीलाई फिर्ता दिन्थ्यो । तपाई हामिले सरकारलाई तिरेको भ्याट त्यो व्यापारीले खान्थे । त्यसलाई बन्द गर्ने काम अहिलेका सरकारका अर्थमन्त्रिले गरे पछि तिनै जनता र राज्यलाई लुटेर खान पल्केकाहरुले अब अहिले सरकारले करको दायरा पनि बढायो । हिजो जसरी कर नतिरी सरकार माथि नियन्त्रण गर्न नपाउने भए पछि अफटयारोमा परेकाहरुले अहिले जनताका नाममा खुव जनताको कुरा गरेर कर बढाएको भन्दै हंगामा मचाएका हुन । आफुले राज्य माथिको नियन्त्रण कायम गर्न सकदैन भन्ने भएपछि सरकारको विरोधमा केहि दिन भ्रम सृजनागरि रहेका छन ।

यो बेला पनी धमिलो बनाएर माछा मार्ने प्रयत्न गरेका हुन । अर्को कर आतंकको अहिलेको अर्को पात्र भनेको नेपाली कागे्रश हो । नेपाली कागे्रशलाई अब के गर्दा यो सरकारलाई काम गर्न अफटयारो हुन्छ । के गर्दा यो सरकारको विरोधमा जनता उभ्याउँन सकिन्छ भनेर अनेक भ्रम पुर्ण कुरा गर्छ । नेपाली कांगे्रशलाई यो अहिलेको सरकारले मुलुकलाइ संमृद्ध बनाउँने कुराले भतभति पोलेको छ । साचिनै मुलुक संमृद्ध हुने भयो । भनेता आफु कंगाल हुइन्छ भनेर भोक तिर्खा , निद्रा सबै हराएको छ । त्यसैले यो सरकारलाई कामै गर्न नदिनेलाई उ लागेकै छ । अझै सरकारले घर वाहाल करलाई वैज्ञनिक तरिकाले कर लगाउँन सकेको छैन । यहाँ बाट अरबौको राजश्व छुटेको छ । यसलाई पनि कर लगाउँनै पर्छ ।

अन्त्यमा अव नेपाली जनताले बुझेने कुरा के मात्रै हो भने अहिले जसरी देशमा कर आतंक मचाईएको छ । यो भनेको देशमा ठुला ठुला आर्थिक कारोबार गर्नेहरुले कर तिर्नु परे पछि अर्को देशको ढिकुुटि हिजो दोहन गरेर खाएकाहरुको त्यो गर्न नपाउँने भए पछि अहिले यसरि राज्यले कर बढायो भन्दै आतंक मचाएर फेरि हिजोकै जस्तो गर्न पाउँनु पर्छ भन्नलाई जनताको साथ खोज्दै जनता जनता भन्दै छन । साँचिकै यिनीहरु जनता मारा नै हुन यसलाई जनताले बुझनु जरुरी छ । यो बुझेर हामि जनताले सरकारलाई विना हिचकिचाहट कर तिर्नु पर्छ यो जनताको राज्य प्रतिको दाइत्व हो अब हामिले कर तिरे पछि हामिले खबरदारी गर्ने विषय पनि छन । ति हुन हाम्रा जनप्रतिनिधिले हामिले तिरेको करले कतै सुविधा खोजेर करोडौका गाडि चडने पारिश्रमिक धेरै खाने अनुगम भन्दै भक्ता खाने वैठकमा पनि धेरै भक्ता खाएर हाम्रो करको दुरुप्रयोग गदै छैनन ? त्यो चाहि ख्याल मात्रै गर्ने होइन । त्यसो गरेका भए जनताले ति सबै फिर्ता गर्नै पर्छ । अर्को हामि सबै नागरिकले आफुले तिरेका करले मेरो घर अगाडिको बाटो बन्नु पर्छ भन्नु पर्छ । बिजुलिको लाइन छैन भने बिजुली जोडी देउ , मलाई खाने पानी चाहियो , मेरो नानी विद्यालयमा निशुल्क पढन पाउँनु पर्छ । हामिलाई स्वास्थ्य उपचारको व्यवस्था गरि देऊ भन्ने हो । जनताले राज्यलाई विना हिचकिचाहट तोकेको कर तिर्ने हो । राज्यले जनतालाई विकास दिने हो । राज्यले जनतालाई सुविधा दिने हो र करलाई वैज्ञानिकिकरण गर्ने हो ।