 रंगेली । बलात्कार र महिला हिंसाका घटनामा बृद्धि हुन थाले पछि विराटनगरका २५ वर्ष मुनिका सयौं युवा युवतिहरु सडकमा प्रदर्शन गरेका छन् ।
बलात्कार विरुद्ध राष्ट्रिय अभियान अन्तरगत विराटनगरका विभिन्न स्कुल र कलेजका सयौं युवायुवतिहरुले सरकार संग शान्ति सुरक्षाको माग गर्दै शनिबार सडकमा प्रदर्शन गरेका हुन । ‘हेर सरकार अति भो । हामी छोरी चेलीको जिव क्षति भयो । निदाको सरकार चाडै उठ । छोरी चेलीको सुरक्षा गर’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरु सडकामा प्रदर्शन गरेका थिए ।

जसको नेतृत्व विराटनगर जुनियर जेसिज लगायत २० भन्दा बढी संघ संस्थाहरुले गरेका थिए । विराटनगरको ट्रफिक चोकमा युवा युवतिहरुले आधा घण्टा सडकमा व्यानर सहित प्रदर्शन गरेका थिए । त्यसपछि विराटनगर नगर क्षेत्रको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रसासन कार्यालय मोरङ अगाडी कोण सभा गरेका थिए । विराटनगर जुनियर जेसिजका अध्यक्ष मिलाप कर्ण,हामी युवाका अध्यक्ष दिपेस धिमाल,पहिलो पाइलाका संयोजक सुवास गौतम,विन नेपालीका संयोजक निखिल नेपालले कोण सभामा मन्तव्य व्यक्त गर्दै संविधानमा नै बलात्कारीलाई फासीको व्यवस्था हुनु पर्ने माग गरेका थिए ।