धनकुटा । हरिराज खेवा स्मृति प्रतिष्ठान धनकुटाले कला, साहित्यको क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान एवम् पुरस्कृत गर्ने उद्देश्यले अक्षकोषको स्थापना गरेको छ । पूर्व अर्थराज्यमन्त्री स्व. हरिराज खेवा (लिम्बू) को दोस्रो स्मृतिसभाको अवसर पारेर प्रतिष्ठानले आइतबार १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको अक्षकोषको घोषणा गरेको हो । अक्षकोषबाट हरेक वर्ष खेवाको स्मृति दिवसको अवसरमा कला तथा साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई पुरस्कृत गरिने खेवाकी धर्मपत्नी गीता गुरुङ(खेवा) लिम्बूले कार्यक्रममा जानकारी दिएकी छन् । स्मृति सभाको अवसरमा हरिराज खेवा स्मृति प्रतिष्ठानले धनकुटा जिल्ला अस्पताल परिसरमा श्रद्धाञ्जली सभा गरेर अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । कार्यक्रमपछि प्रतिष्ठानका अध्यक्ष विष्णु पारघरी (लिम्बू) को अध्यक्षतामा भएको अक्षयकोष घोषणा कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले स्व.हरिराज खेवा लिम्बूको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा प्रदेश सांसद्हरू निरन राई, इन्द्रमणि पराजुली, कुसुमकुमारी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) धनकुटाका इञ्चार्ज उज्वल किरातीलगायतले खेवाको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टङ्क चौहान, धनकुटा नगरपालिकाका उपमेयर शकुन्तला बस्नेत, उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष उमेश घिमिरे, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सामाजिक सङ्घ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । पूर्व एमाओवादी केन्द्रका धनकुटा जिल्ला अध्यक्ष तथा पूर्व अर्थराज्यमन्त्री रहेका खेवाको २०७२ साल साउन १३ गते धनकुटाको सिँधुवानजिकैको गोलाइमा भएको बस दुर्घटनामा ज्यान गएको थियो ।