चक्रघट्टि । बराहक्षेत्र नगरपालिका नगर कार्यपालिका कृषि बिकास शाखाको आयोजनामा कृषकलाई तरकारी खेती सम्बन्धी दक्ष बनाई व्यबसायिक कृषक बनाउने उदेश्यले तरकारी खेती प्रबिधि विषयक दुई दिवसीय तालिम सम्पन्न भएको छ । २७ जना प्रशिक्षार्थी रहेको तालीममा रेवतिरवण दाहाल, निर बहादुर राई, केशव कुमार श्रेष्ठ, कोकिला मगरले प्रशिक्षण दिएका थिए । तरकारीको परिचय तथा गोलभेडा खेती प्रविधि, काउली तथा लहरे वाली खेती, तरकारी बालीको रोग तथा किरा , वाली बिमा सम्बन्धि जानकारी, माटो परीक्षणका लागी नमुना संकलन तरिका,कम्पोस्ट मल लगायतको बिषयमा प्रशिक्षण दिइएको बराहक्ष्ोत्र नगरपालिकाका कृषि शाखा प्रमुख दाहालले जानकारी दिएका छन् ।