काठमाडौँ/ ‘असी लाखामा सात केजी सुन दिन्छु’ भन्दै ठगी गर्ने नियत राखी हिँडीरहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप दुरागाउँका दिपेन्द्र बराईली र सिन्धुपाल्चोक फुलपिङका रमेश बैजु रहेका छन् ।
अभियुक्तहरुलाई नक्कली सुनका बिस्कुट बोकेर ठगी गर्ने नियतले हिँडीरहेको अवस्थामा ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बाट सात थान नक्कली सुनको बिस्कुट सहित नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिएका छन् ।
प्रहरी उनीहरुको साथबाट एउटा मोटरसाइकल र चार थान मोवाइल बरामद गरेको छ ।