ओखलढुंगा/ ओखलढुंगामा एक महिला तीन दिनमा दुई ब्यक्तिबाट बालात्कृत भएकी छिन् ।
पीडित महिलाले प्रहरीमा गत फागुन २३ र २५ गते फरक स्थानमा दुई फरक ब्यक्तिबाट आफु बालात्कृत भएको उजुरी दर्ता गराएकी हुन् । ति महिलाले गत बैशाख १७ गते उजुरी दर्ता गरेका थिए । घटना भएको लामो समयपछि उजुरी दर्ता भएका भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उजुरी दर्ता पछि आरोपित द्धोयलाई गत सोमबार नै पक्राउ गरी हिरासतमा राखिएको छ । अहिले घटनाको बिषयमा अनुसन्धान भैरहेको ओखलढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।