विराटनगर/अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको साढे ३३ किलो सुन तस्करी र शनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका मध्धे १५ जनाको बयान सकिएको छ ।
[caption id="attachment_81958" align="aligncenter" width="2000"]
जिल्ला अदालत मोरङमा पक्राउ परेका ३० जना अभियुक्तहरु मध्धे आइतबारसम्म १५ जनाको मात्र बयान सकिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।
अभियुक्तहरुको बयान लिने क्रममा आइतबारमात्र ९ जना बयान सकिएको छ । जसमा २०६९ सालदेखी अवैध रुपमा सुनको कारोबारी गर्ने भुजुङ्ग गुरुङ, व्यापारी राजेन्द्रकुमार शाक्य, महावीर गोल्यान, विमानस्थलको कर्मचारी एलबी भन्ने लालबहादुर मगर, विरेन्द्रमान श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, तुलाराम खत्री, र गोरेको विश्वास पात्र टेकराज मल्ल ठकुरीको बयान सकिएको छ । बयानको लागि अदालतमा ल्याएको सइ बालकृष्ण सञ्जेलसहित अन्यको सोमबार हुनेछ । श्रेस्तेदार दुलालका अनुसार वैशाख २५ गतेसम्म न्यायिक हिरासतमा रहेका सबै अभियुक्तको बयान सकिने जानकारी दिए । त्यसलगैत थुनचेक बहस सुरु हुनेछ ।
यसअघि मोहन काफ्ले, लाक्पा शेर्पा, माधब भन्ने मदन प्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयालन सकिएको छ ।
गएको बुधबार अदालतमा मुद्दा दर्ता गरेको ६३ जना मध्ये न्यायिक हिरासतमा आठ जना प्रहरी अधिकारीसहित ३० जना छन् भने ३३ जना अझै फरार छन् । फरार हुनेमा मुख्य नाइके चुडामणि उप्रेती गोरेसहित बहालवाल एससपी श्याम खत्री समेत छन् ।