कुनै बेलाकी चर्चित नायिका निरुता सिंह लामो समयपछि चलचित्रमा देखा पर्ने भएकी छिन्। उनी नाइ 'नभन्नू ल ५' मा पाँच वर्षपछि देखापर्न लागेकी हुन्।

सामिप्यराज तिमल्सीना र विकास आचार्यको लेखन रहेको चलचित्रमा आचार्यको नै निर्देशन रहेको छ।चलचित्र भदौ ८ गते रिलिज हुने भएको छ।

चलचित्रमा उनले बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिकामा देखिने भएकी हुन्। चलचित्रमा प्रियंका कार्की, दिलिप रायमाझी, स्वस्तिमा खड्का लगायत कलाकारको अभिनय देख्न पाइनेछ।