काठमाडौं/ केही दिनदेखि युवा स्टार प्रदीप खड्का लगातार मिडियामा छाइरहेका छन् । लिलिबिली को सुखद कलेक्सनले उनको एकातिर चर्चा चुलिरहँदा लिलिबिली अभिनेत्री जसिता गुरुङसँग उनी प्रेममा रहेको टिका टिप्पणी सुरु भएको छ । डेब्यू फिल्मबाट जसिताले राम्रो संभावना देखाएकी छिन् ।

यस्तैमा यतिबेला उनको अफेयरको खबर चर्चामा छ ।  अहिले उनी अध्ययनका लागि लण्डनमा छिन् । तर, एक नयाँ फिल्मका लागि उनी चाँडै नेपाल फर्किने स्रोत बताउँछ ।

खबरअनुसार, जसिताले फेरि नयाँ फिल्म प्रदीपसँग नै गर्दैछिन् । लिलिबिलीमा दर्शकले यो जोडीलाई औधि रुचाएपछि धेरै निर्माता निर्देशकको आँखा प्रदीप जसितामाथी डुल्न थालेको छ ।

लिलिबिली निर्माता गोविन्द शाही पनि पुनः प्रदीपसँग मिलेर एक फिल्म निर्माण गर्दैछन् । जसमा ज।सिता लिड रोलमा हुने प्रवल सम्भावना छ । यी सारा कुराले प्रदीप र जसिताको अफेयरको खबरलाई थप मलजल गरिरहेको छ । कतै यी हल्लाहरु झैँ यो खबर सत्य त होइन