नेपाली सिनेक्षेत्रमा चकलेटी नबनायकहरुको आगमन निकै बढिरहेको छ । जति नबनायकहरुको प्रबेश बढ्दो छ त्यती नै उनीहरुको चर्चा पनि हुने गरेको छ । साथै उनीहरुबीच प्रतिष्पर्धा पनि हुने गरेको छ ।

सुरुवातबाट नै चर्चामा रहेको चलचित्र ‘रानीमहल’ बाट मिस नेपाल निकिता चण्डकको नायकको रुपमा प्रितम राज सेञ्चुरीको सिनेक्षेत्रमा प्रबेश हुँदैछ । चितवनका यी ह्याडसम युवा चलचित्रमा सफल नामक युवाको रुपमा देखिँदैछन् । चलचित्रमा उनी एक लभरव्याईको रुपमा देखिएका छन् ।

डेब्यु चलचित्रका लागि अन्य जस्तै प्रितम पनि उत्साहित छन् । उनको नायिका यसअघि नै लाईमलाईटमा आईसकेकी पुर्व मिस नेपाल निकिता चण्डक भएको कारणले पनि उनलाई थप चुनौती भने छ । हाल वर्कसपमा व्यस्त रहेका प्रितम निकितालाई नायिकाको रुपमा पाउँदा भने दंग छन् ।

हिमाल न्यौपानेको निर्देशनमा तयार हुन लागिरहेको यो चलचित्र अब चाडैँ नै फ्लोरमा जाँदैछ । त्रिकोणात्मक प्रेम कथामा बन्न लागेको रानीमहलमा अर्जुनजंग शाही ,नीर शाह, रश्मी भट्ट, बिएस राना, साहिल श्रेष्ठ, मानस्वी खरेल लगायतको पनि मुख्य भुमिका रहने भएको छ ।