भारतीय फिल्म उद्योगका चर्चित कमेडियन राजपाल यादवलाई ६ महिनाको जेल सजाय भएको छ । दिल्लीको कडकडडू अदालतले उनलाई ५ करोड रुपैयाँको जालसाजी मुद्दामा सजाय सुनाएसँगै अदालतले उनलाई जमानतपनि दिएको छ । राजपालको विरुद्धमा सात आरोप दर्ता छन् जसमा हरेक केसका लागि उनीमाथि १.६० करोड को सजाय तोकिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको यो प्रकरण सन् २०१० को हो । राजपालमाथि ५ करोडको ऋण नचुकाएको आरोप लागेको थियो ।