अनमोल केसीको नयाँ फिल्म 'क्याप्टेन'मा अर्की नायिकाको पनि प्रवेश भएको छ । यसअघि  उक्त फिल्ममा उपासना सिंह फाईनल थिइन् । अब उपासनासँगै प्रियंका एमभी फाईनल भएकी छन् ।
'क्याप्टेन'का लागि निर्माता भूवन केसीले अनमोलको अपोजिटमा यी दुई नायिकालाई साइन गराएका छन् । शुक्रबार अनुबन्धित भएपछि प्रियंकाले लामो समयदेखि चलचित्र प्रवेशका लागि सही समय कुरेको र अहिले त्यो समय आएको बताएकी छन् । इन्स्टाग्राममा फोटो हेरेर निर्माण टीमले बोलाएपछि उनि अडिशनमा गएकी थिइन् । अडिशनबाट सेलेक्ट भएपछि अनमोल केसीसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको प्रियंकाले बताएकी छिन् । विद्यालय पढ्दा प्रियंका अनमोल भन्दा एक ब्याच जुनियर थिइन् । दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको 'क्याप्टेन'लाई भूवन केसीले निर्माण गर्दैछन् ।