कुनै समय प्रेम सम्बन्धमा रही ब्रेकअपपछि बोलचाल हुँदा त खबर बन्छ भने उक्त जोडी एउटै स्क्रिनमा देखिनुले राम्रै चर्चा कमाउँनु स्वभाविक नै हो । यस्तै चर्चा कमाईरहेको आयुषमान , प्रियंका र परमिताको जोडीले पनि । ‘चपली हाईट २’ मा एकसाथ काम गरेपछि प्रेम सम्बन्धमा रहेका आयुषमान र परमिताले सार्वजनिकरुपमै आफनो प्रेम स्वीकार गरेका थिए । तर पछि प्रियंकासंग आयुषमानले ‘कथा काठमाडौँ’ मा काम गरेपछि उनैसंग नजिकिए ।

त्यतीबेला परमितालाई धोका दिएको भन्दै आयुषमानले कम गाली खानु परेन भने प्रियंका पनि यसबाट अछुतो रहन सकेन । परमिताले पनि आयुषमानले धोका नै दिएको भन्ने अप्रत्यक्षरुपमा भनेकी पनि थिईन् तर केही समय अगाडीमात्र आयुषमान र प्रियंकासंग आफनो सम्बन्ध राम्रो रहेको , प्रियंकाले आयुषमानलाई आफुबाट नखोसेको भन्ने बयान पनि दिईन् ।

तथापी यी तीनले एकसाथ फिल्ममा काम गर्लान् भने सायदै कसैले सोचेका थिए होलान् । तर यी तीन जोडी दीपेन्द्र के। खनाल ले निर्देशन गर्ने ‘चङ्गा चेट’ मा एकसाथ काम गर्देछन् । जुन खबरले यतिबेला निकै चर्चा कमाईरहेको छ । यसबीचमा प्रियंका र परमिताको एउटा तस्बिर यतिबेला भाईरल भईरहेको छ । प्रियंकाको सेल्फीमा परमिताको पनि अटाएको तस्बिर निकै रोचक छ ।

रोचक हुुनुको कारण भने एउटै हो परमिता आयुषमानको पुर्व प्रेमिका र प्रियंका बर्तमान । हुन त यो तस्बिर कहिलेको हो भन्ने यकिन छैन तर झट्ट हेर्दा यो तस्बिर पुरानो जस्तो देखिँदैन । एउटै फिल्ममा काम गर्देमा सम्बन्ध सुधारिएको कुनै आधार हुँदैन तर यो तस्बिरले के बुझाउँछ भने के परमिताले भने जस्तै प्रियंका , आयुषमानसंग उनको सम्बन्धमा मिठासपन छाएकै हो त ???